चिनियाँ कम्पनी प्रतिबन्ध सच्याउन अमेरिकालाई चीनको आग्रह

तस्बिरः एजेन्सी

बेइजिङ ।  इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा संलग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध दर्ता गरिएको बेइजिङले शुक्रबार जनाएको छ ।

‘चीनले अमेरिकालाई यो गलत अभ्यासलाई तत्काल सच्याउन र सबै पक्षको वैधानिक अधिकार र हितहरूलाई इमान्दारिताका साथ सम्मान गर्न आग्रह गरेका छौँ,’विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले पत्रकारहरूसँगको नियमित भेटमा बताए।

गेङले अमेरिकाको तेहरानमाथि प्रतिबन्धका माध्यमबाट ‘चरम दबाब’ र ‘लामो दूरीको हतियारमाथिको अख्तियारी’ नै इरान आणविक समस्याको विवादको ‘मुख्य कारक’ भएको बताएका छन्।

इरानी बेल्जियनी र चिनियाँ कम्पनीले इरानको ‘सेन्ट्रिफ्युज टेक्नोलोजी कम्पनी’का लागि प्रबन्ध सञ्जालका रूपमा काम गरेको र यसका कारण इरानी आणविक शक्ति सङ्गठनलाई हतियार निर्माणमा सहज भएको आरोप अमेरिकी वित्त मन्त्रालयले बिहीबार लगाएको थियो।

उक्त सञ्जाललाई इरानी कम्पनी बख्तर राद सेपाहन र यसका समुद्रपार रहेका सम्बद्ध कम्पनी तथा फर्मले नेतृत्व गरेको थियो। यसमा चिनियाँ कम्पनी, हेनान जियुआन आलुमिनियम उद्योग कम्पनी रहेका थिए र अमेरिकाले जियुआनमाथि पनि प्रतिबन्ध लगाएको छ। अन्य प्रतिबन्धित कम्पनीमा चीन र बेल्जियममा रहेका अग्रणी कम्पनीहरूसमेत रहेका छन् ।

प्रकाशित मिति: : 2019-07-19 23:37:17

प्रतिकृया दिनुहोस्