उपसभामुखलाई प्रधानमन्त्रीको अफरः राजीनामा दिए मन्त्री !

फाइल तस्बिर:बिएल

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका छन्।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री समेत रहेका ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट गरेर राजीनामा दिन आग्रह गरेका हुन्। स्रोतका अनुसार राजीनमा दिए मन्त्री बनाउने आश्वासन दिएकिा छन्।

तर तुम्बाहम्फेले भने राजीनामा दिन अस्वीकार गरेको स्रोतको दाबी छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि दुव्र्यवहार प्रकरणमा मुछिएपछि उनले सभामुखमा दाबी गर्दै आएकी थिइन् । उनको दाबीलाई सत्तारुढ नेकपाको नेतृत्वले स्वीकार गर्न सकिरहेको थिएन।

उपसभामुख नछाड्ने अडान लिएकी उनलाई नेकपा नेतृत्वले फकाउने प्रयास भने जारी राखेको छ। 

तुम्बाहाम्फेले संघीय संसददेखि प्रदेश संसदसम्ममा महिलालाई उपसभामुखमा सिमित गरिएकाले आफूले सभामुख हुन पाउनुपर्ने जिकिर गर्दै आएकी थिइन्।

प्रकाशित मिति: : 2019-11-20 14:31:37

प्रतिकृया दिनुहोस्