बार्सिलोनाले मेरो विकल्प सोचेको भए मलाई कुनै आपत्ति छैन: स्वारेज

तस्बिरः एजेन्सी

लुइस स्वारेजले बार्सिलोनाले कुनै विकल्प सोचेको भए आफूलाई कुनै आपत्ति नरहेको बताएका छन्। बार्सिलोनामा आवश्यक पर्ने जस्तो स्तरकोखेलाडी ल्याउन सक्ने भन्दै उनले आफ्नो ठाँउमा नयाँको विकल्प हुने बताएका हुन्।

‘यस्तो समय आउँछ । त्यो उमेरमा मैले चाहेर पनि बार्सिलोनामा आवश्यक पर्ने जस्तो स्तरको प्रदर्शन दिन सक्दिन’, स्वारजेले भने, ‘तर जति बेलासम्म मसँग सामाथ्र्य हुन्छ त्यति बेला नै क्लबले प्रतिस्पर्धा बढाउन सके झनै राम्रो। यदि क्लबले नयाँ फरवार्डका बारेमा सोचेको छ भने त्यसमा मैले आपत्ती मान्नु पर्ने केहि छैन।’

उनले व्यवासायिक फुटबलमा नयाँ खेलाडी आउने विषयलाई समान्य रुपमा लिएको बताएका छन्। ‘फुटबलको वास्ताविकता नै यहि हो। समयले हरेकको विकल्प खोज्छ,’उनले भने, ‘जति प्रतिस्पर्धा भयो क्लबका लागि पनि त्यत्तिकै राम्रो हो।‘

प्रकाशित मिति: : 2019-11-20 22:12:50

प्रतिकृया दिनुहोस्