गुल्मीमा एम्बुलेन्स दुर्घटना तीन घाइते

प्रतिकात्मक तस्बिर

गुल्मीमा एम्बुलेन्स दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। गुल्मीको मालिका गाउँपालिका(६ अर्जेबाट मालिका गाउँपालिका–५ छाप जाँदै गरेको लु १ झ ३३४ नम्बरको एम्बुलेन्स अर्जेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

दुर्घटनामा मालिका गाउँपालिका–५ का चालक तुल्सीराम भण्डारी, १६ वर्षीय जगत परियार र १७ वर्षीय केशव अर्याल घाइते भएका छन्। घाइतेमध्ये जगत परिवारको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

एम्बुलेन्स अनियन्त्रित भएर सडकदेखि ४० मिटर तल झरेको छ। घाइतेको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-20 23:03:53

प्रतिकृया दिनुहोस्