आज ‘विश्व टेलिभिजन दिवस’

फाइल तस्बिर

आज ‘विश्व टेलिभिजन दिवस’ विश्वभर मनाईंदै छ। सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो।

सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधि यतिबेला सशक्त सञ्चारमाध्यमका रुपमा विकास भएको छ । सन् १८८८ अक्टुबर १३ का दिन हेलन्सवर्गमा जन्मिएका जन लागी बयर्डले १९२५ मा लण्डनमा टेलिभिजनको आविष्कार गरेका हुन्।

आर्थिक तथा सामाजिक विषयवस्तुलाई उठान गर्नसक्ने माध्यमका रुपमा टेलिभिजनलाई स्वीकार गरिएको छ। टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण गरेको पाईन्छ।

सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृश्य हेर्न सकिने अवस्था आएको थियो। सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो। नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ। २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो। नेपालमा अहिले १२३ भन्दा बढि टेलिभिजन च्यानलहरु प्रसारणमा छन्।

टेलिभिजन च्यानलहरुको स्थापनको संख्या मात्र होईन पछिल्लो समय सर्वसाधारणमा विश्वास समेत बढ्दै गएको छ। टेलिभिजनको विकास क्रमले पछिल्लो समय धेरै फड्को मारेको छ। विशेष गरेर पर्दा पछाडीका प्राविधिक, क्यामेराम्यान, मेकअप आर्टिस्ट लगायतका सबै टिभी कार्यक्रम उत्पादक समुह अनि उनीहरूको योगदानको पनि सराहना गर्ने दिनको रुपमा हेरिएको छ। टेलिभिजनमार्फत नयाँ कुरा, ज्ञान, सिप अनि अनुभवहरु लिन सकिन्छ, नदेखेको ठाँउ देख्न सकिन्छ अनि कतिपय महत्वपूर्ण कुराहरु प्रत्यक्ष हेर्न सकिन्छ।

प्रकाशित मिति: : 2019-11-21 08:24:59

प्रतिकृया दिनुहोस्