नवनियुक्त नौ मन्त्रीले लिए शपथ (भिडियोसहित)

बिएल

नवनियुक्त नौ जना मन्त्री तथा राज्यमन्त्रीहरुले सपथग्रहण गरेका छन्। 

राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन्।  ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन्।

पुनर्गठित मन्त्रिमण्डलमा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङले शपथ लिएका हुन्। 

यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरलाई ओलीले राज्यमन्त्रीको शपथ लिएका हुन्।

नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै भुसाललाई कृषिमन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रयको जिम्मेवारी दिइएको छ। रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन्।

नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार  त्यसको भोलिपल्ट शपथ गराइएकाे हाे।  शपथसँगै नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको काम गर्न बाटो खुलेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट मन्त्रीबाट हटाइएका छन्।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानून मन्त्री बनाइएको छ भने कानूनमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाइएको छ।

त्यसैगरी, मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामबीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री र नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ।

प्रकाशित मिति: : 2019-11-21 12:07:56

प्रतिकृया दिनुहोस्