संसद अवरोध पछि सुवास नेम्वाङ, गगन थापा र राजेन्द्र महतोको जुहारी (भिडियोसहित)

तस्बिरः बिएल

पूर्वसभामुख सुवास नेम्बाङले अहिले संसदमा भइरहेको अवरोधलाई प्रणालीमाथिकै प्रहारको संज्ञा दिएका छन्।
बुधबार संसद भवन बानेश्वरमा संचारकर्मीसंग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले निरन्तर वार्ता गर्दा पनि नेपाली कांग्रेसले मिलिसकेको विषयलाई उचालेर संसदमा अवरोध गरेको भन्दै आपत्ति प्रकट गरे ।
नेम्वाङले संसदीय छानबिन समिति गठन गर्न आपत्ति मान्नु नपर्ने बताउँदै मिलिसिकेको विषयका लागि फेरि उचालेर संसदीय प्रणालीमाथि नै प्रहार गरिएको उल्लेख गरे।
त्यस्तै कांग्रेसका सांसद गगनकुमार थापाले संसदलाई केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो लाचार छाया बनाएको आरोप लगाए। नेता थापाले यसअघि नै सभामुखले संसदीय छानबिन समिति बन्छ भनेर आश्वासन दिएको बताउँदै तर अहिले उनी सरकारको प्रभावमा परेको बताए।
त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले केपी शर्मा ओली नेतृत्वको सरकार जनताबाट भागेको आरोप लगाए।
आफूहरुले संसदीय मूल्य मान्यता अनुसार मागबारे पटक पटक सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराउँदा पनि सुनवाइ नभएको गुनासो महतोले गरे।

 

 

प्रकाशित मिति: : 2019-07-31 18:17:48

प्रतिकृया दिनुहोस्