प्रधानमन्त्री ओली भेन्टिलेटरमा, 'रगत सक्रमण' को खतरामा

प्रधानमन्त्री के पी शर्मा ओली । फाइल तस्बिर ।

नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली यतिबेला भेन्टिलेटरमा छन्। उनी महाराजगन्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको भेन्टिलेटरमा राखिएका हुन् ।

अप्रत्यासित रूपमा एपेन्डिसाइटिसको अपरेसन गरेर उनलाई भेन्टिलेटरमा राखिएको हो । 

उनको एपेन्डिसाइटिसमा पेरिटोनाइसिस भैसकेकाले डा. रमेशसिंह भण्डारी र डा.दिव्यासिंह शाहले परम्परागत रूपमा पेट चिरेर एपेन्डिसाइटिस काटेर फालिदिए। उनलाई एपेन्डिसाइटिसमा असैह्य पीडा भएपछि मंगलबार विहानै अस्पताल लगिएको थियो। 

अहिले उनलाई एन्टिबायोटिक्स दिएर भेन्टिलेटरमा राखिएको छ। औषधीले शल्यक्रिया गरिएको घाउ सन्चो पार्ने र पेटमा फैलिएको संक्रमण नियन्त्रण गर्ने अपेक्षा चिकित्सकहरूले गरेका छन्। यद्यपि उनीहरू नै भन्छन्, यसका बारेमा अहिले नै केही भन्न सकिन्न । केही समय पर्खेर जाँचेर हेर्नुपर्ने हुन्छ। 

शल्यक्रियामा संलग्न एक चिकित्सक भन्छन्, 'पेटमा भएको संक्रमण रगतमा पुगेमा त्यसले शरीरका विभिन्न अंगहरू ‘फेल’ हुने जोखिम निम्त्याउन सक्छ। अहिले हामी त्यही खतरा नियन्त्रण गर्ने प्रयास गरिरहेका छौं।'

प्रधानमन्त्रीले अब केही दिन अस्पतालमै बसेर उपचार गराउनुपर्ने हुन्छ।
- डा. अरूण सायमी, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार

शल्यक्रियापछि सेन्टरका कार्यकारी निर्देशक प्रा.डा उत्तम कृष्ण श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ। 

तर, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले भने प्रधानमन्त्रीले अब केही दिन अस्पतालमै बसेर उपचार गराउने बताएका छन् । 

यसैबीच प्रधानमन्त्रीको पाँचौ डायलोसिस पनि गर्नुपर्ने स्थिति सिर्जना भएको बताइएको छ । 

प्रधानमन्त्रीको स्वास्थ्यस्थिति जटिल मोडमा पुगिसकेको छ । तर, उनको किचन क्याविनेट हत्केलाले सूर्यलाई छेल्ने प्रयत्न गर्दै जनतालाई गुमराहमा राखने काम गरिरहेका छन्। प्रधानमन्त्री आकस्मिक रूपमा अस्पताल लगेर शल्यक्रिया गरिदै गर्दा पनि उनका मुख्य राजनीतिक सल्लाहकार प्रधानमन्त्री ठीक भएको दाबी गरेर अन्तर्वार्ता दिइरहेका थिए।

उनीहरूले जे भने पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल छ। उनी जति दिन प्रधानमन्त्रीको कुर्सीमा बसेर भागदौडमा गरिरहेका हुनेछन्, त्यति नै आफ्नो आयु घटाइरहेका हुनेछन्। उनको यो स्वास्ञयसँगै मुलुकको स्वास्थ्य पनि बिग्रनेछ र समृद्ध नेपाल सुखी नेपालीको नारा आकाशको फल आँदा तरी मर जस्तै हुनेछ।

प्रकाशित मिति: : 2019-11-27 05:28:41

प्रतिकृया दिनुहोस्