म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको नकआउट चरणमा

तस्बिरः एजेन्सी

इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुग्न सफल भएको छ।

घरेलु मैदान इतिहाद स्टेडियममा सिटी साख्तरसँग १–१ गोलको बराबरीमा रोकिएको हो। प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

५६औं मिनेटमा इकेए गुन्डोगानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ६९औं मिनेटमा साख्तरका मनोर सोलोमोनले बराबरी गोल फर्काए। त्यसपछि थप गोल हुन नसक्दा खेल १–१ गोलको बराबरीमा सकियो र अंक बाँडियो।

बराबरीको नतिजासँगै सिटीले समूह ‘सी’ मा ५ खेलबाट ११ अंक बनाएर शीर्षस्थानमा रहँदै एक खेल बाँकी रहँदा नकआउट चरणमा पुग्न सफल भएको हो।

यही समूहको अर्को खेलमा इटालियन क्लब एटलान्टाले क्रोएसियन क्लब डाइनामो जाग्रिवमाथि २–० को जित निकालेको छ । जितसँगै एटलान्टाले पनि नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ।

अन्य टोली साख्तर र डाइनामो जाग्रिवको पनि नकआउट चरण पुग्ने सम्भावना बाँकी छ।

साख्तरको ६, डाइनामोको ५ तथा एटलान्टाको ४ अंक छ। अब समूह चरणको अन्तिम खेलले नै नकआउट पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ।

प्रकाशित मिति: : 2019-11-27 07:44:46

प्रतिकृया दिनुहोस्