‘दोस्तान टु’ मा खेल्न नपाउँदा फिटिक्कै पनि नराम्रो लागेन : जोन अब्राहम

तस्बिरः एजेन्सी

जबदेखि दोस्तानाको सिक्वलको घोषणा भएको छ तबदेखि यो चर्चामा छ। सिक्वल अर्थात् ‘दोस्ताना टु’ मा कार्तिन आर्यन, लक्ष ललवानी र जान्ह्वी कपुरको अभिनय हुने बताइएको छ। सिक्वलमा पहिलो फिल्मका कुनै पनि कलाकार समावेश गरिएका छैनन्। अर्थात्, यसमा जोन अब्राहम, बबी देओल र प्रियंका चोपडा नहुने भएका छन्।

हालै जोन अब्राहमलाई ‘दोस्तान टु’ मा अभिनय गर्न नपाउँदा कस्तो लागेको छ भनेर प्रश्न सोध्दा उनले आफूलाई फिटिक्कै पनि नराम्रो नलागेको बताएका छन्।

करण जोहरको क्रिएटिभिटीको तारिफ गर्दै उनले भने, ‘दोस्ताना टु मा पनि प्रिक्वलजस्तै ग्ल्यामर र इन्टरटेनमेन्ट हुनेछ। करणको दिमागमा सिक्वलका लागि पनि केही रोचक पाटो त पक्कै होला।’

जोनले थपे, ‘फिल्म रिलिज भएपछि म आफूलाई क्यारेक्टरबाट बाहिर निकाल्ने कुरामा विश्वास गर्छु। मलाई कुनै पनि क्यारेक्टरलाई लामो समयसम्म मनमा राखिराख्न मन लाग्दैन। ’

अब एक्सनलाई टाइगर श्रोफले अगाडि बढाओस् भन्ने जोनको चाहना छ।

जोन संजय गुप्ताको फिल्म ‘मुम्बई सागा’ मा देखिनेछन्। यो फिल्म सन् २०२० को जून १९ मा रिलिज हुनेछ। यसमा अनिल कपुर, इमरान हाशमी, काजल अग्रवाल, सुनिल शेट्टी, प्रतिक बब्बर, गुलशन ग्रोवर, रोहित रोय, पंकज त्रिपाठी र शरमन जोशीको अभिनय हुनेछ।

प्रकाशित मिति: : 2019-11-27 11:32:55

प्रतिकृया दिनुहोस्