हराएको बालक मृत फेला

तस्बिरः एजेन्सी

पातारासी गाउँपालिका–५ लासीका–९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए।

उनी आज चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन्। हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए।

स्कुल झोला र पोशाकसँगै उनी मृत अवस्थामा फेला परेका थिए। उनले भने, “उक्त बालकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ।"

प्रकाशित मिति: : 2019-11-28 15:18:40

प्रतिकृया दिनुहोस्