सिमा क्षेत्रमा व्यापार गर्ने व्यवसायीहरुलाई पर्सा प्रहरीले दुः ख दिन थाल्याे

तस्बिर: बिएल

पर्सा प्रहरीले सिमा क्षेत्रमा व्यापार गर्ने व्यवसायीहरुलाई दुःख दिने गरेको आरोप लगेको छ।

नेपाल पत्रकार महांसघ पर्सा शाखामा आइतबार पत्रकार सम्मेलन गर्दै भिस्वाका व्यापारीहरुले बिनाकारण आफूहरुले वीरगजबाट लगेको समानहरु पक्राउ गरि भन्सारमा बुझाउने गरेको बताएका छन्।

भिस्वा बजार समितीका अध्यक्ष गणेश प्रसाल जयसवालले बिलबिजक भएको १ टयाक्टर समान बिहिबार राती प्रहरीले पक्राउ गरी भन्सारमा बुझाएको भन्दै आफूहरु मारमा परेको दुखेसो पोखे। पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष मौजीलाल साहको घर अगाडी समान बोकेर रोकिएको ना ४ त ५३३२ नम्बरको टयाक्टर बिना सूचाना आफै चलाएर प्रहरीले भन्सारमा बुझाएको उनले अरोप लगाएका छन्।

पक्राउ परेको टयाक्टरमा २५ केजीको २२ बोरा मरिच, ४० बोरा छोकडा, दाल, ज्याकेट, लगायत अन्य नेपालमा सस्तो पर्ने किराना सामानहरु रहेको थियो।

भारतबाट नेपालीहरुले दैनिक रुपमा उपभोग्य सामान किनेर ल्याउदा सिमा नाकामा कुनै अवरोध नहुने तर नेपालबाट भारतियहरुले विक्रीका लागि आफ्नो पसलमा लैजादा किन रोक्ने भन्दै उनीहरु प्रहरी प्रशासनसँग प्रतिप्रश्न गरेका छन्।

नेपाल सरकारले ईजाजत दिएको समानहरु आफूहरु बिक्रि गर्दै आएको र ती समानहरु नेपालीले भन्दाबढी भारतीयहरुले खरिद गरी लैजाने हुँदा सिमाको व्यापार फस्टाएको व्यापारीहरुको भनाइ छ।

बिलसहित भारतीय नागरीकहरुले आफूहरुको सामान खरीद गरेर लगेपनि प्रहरीहरुको अनावश्यक हस्तक्षेपले भारतीय व्यापारी त्रसित भएको उनीहरुले बताए।

प्रकाशित मिति: : 2019-12-01 21:27:06

प्रतिकृया दिनुहोस्