१३औं साग: नेपालले श्रीलंकालाई हरायाे

बिएल

नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ।

पोखरा रंगशालामा भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको हो। नेपालका लागि एक मात्रै गोल सरु लिम्बुले गरिन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औं मिनेटमा सरुले गोल गरेकी हुन्।

जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ।

प्रकाशित मिति: : 2019-12-03 12:11:10

प्रतिकृया दिनुहोस्