राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा पूर्वसहसचिव अधिकारी चयन

फाइल तस्बिर: बिएल

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा पूर्वसहसचिव निर्मलहरि अधिकारी चयन भएका छन्। वाणिज्य बैंक सञ्चालक समितिले अध्यक्ष चयन गरेसँगै अधिकारीले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालसँग पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

असोज २० गते सेवा निवृत्त भएका अधिकारीलाई सरकारले बैंकको सञ्चालक समितिको अध्यक्षता गर्ने गरी सदस्य पदमा नियुक्त गरेको थियो। सञ्चालक समितिको बैठकबाट अध्यक्ष चयन भएपछि उनले गभर्नरसँग सपथ लिएका हुन्।

राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंक मर्ज भएपछि सरकारले तत्कालीन सचिव महेन्द्रमान गुरुङलाई बैंक सञ्चालक समितिको अध्यक्ष बनाएको थियो। गुरुङले केही समयअघि अवकाश पाएपछि रिक्त स्थानमा अधिकारीलाई ल्याइएको हो।

प्रकाशित मिति: : 2019-12-03 12:53:00

प्रतिकृया दिनुहोस्