भुटानविरुद्ध नेपालका सुजल श्रेष्ठले दिलाए दाेब्बर अग्रता

फाइल तस्बिर: बिएल

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले २–० को अग्रता लिएको छ।

नेपालका लागि दुबै गोल सुजल श्रेष्ठले गरेका हुन्। सुजलले खेलको चौथो मिनेटमा नै नेपाललाई अग्रता दिलाएका थिए। उनकै गोल मार्फत पहिलो हाफ १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप एक गोल थप्यो।

दोस्रो हाफ सुरु भएको पाँचौ मिनेटमा नै नेपालका सुजले नै दोब्बर अग्रता दिलाए।

 

प्रकाशित मिति: : 2019-12-03 14:41:37

प्रतिकृया दिनुहोस्