नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको नेपाल प्रहरीको दाबी

हेमन्त वोलीको फकेबूकबाट

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यक्षेत्रीय कमान्डर हेमन्तप्रकाश ओलीको पक्राउलाई प्रहरीले ठूलो उपलब्धिका रूपमा अर्थ्याएको छ।

ओली सो समूहका तेस्रो वरीयताका नेता हुन्। उनलाई चन्दका विश्वासपात्र पनि मानिन्छ।

ओलीलाई पक्राउ गर्दा प्रहरीले गोप्य दस्ताबेज हात पारेका दाबी गरेको छ। उसले यसलाई सो समूहविरुद्धको कारबाहीमा एउटा ठूलो सफलताको रूपमा पनि प्रस्तुत गरेको छ।

 

प्रकाशित मिति: : 2019-03-24 19:05:22

प्रतिकृया दिनुहोस्