निर्मला हत्या प्रकरणः ६० भन्दा बढीको डीएनए परीक्षण

फाइल फोटो

अनुसन्धानका क्रममा पक्राउ परेका दिलिप सिंह विष्टदेखि प्रदीप रावलसम्मले प्रहरीको दबाव वा स्वस्फर्त रुपमा अभियोग स्वीकार गरे। तर, उनीहरुको डीएनए म्याच भएन।

कुनै पनि घटनामा डीएनएन नै सबै प्रमाण होइन। सर्वोच्च अदालतको फैसला यसको नजिर हो। तर, निर्मला प्रकरणमा प्रहरी सामू डीएनएन नै सबैथोक बनेको छ। पछिल्लो पटक प्रहरीले हत्यामा संलग्न भएको आशंकामा अछामबाट दुई जनालाई नियन्त्रणमा लिइएको छ। स्रोतकाअनुसार डीएनए परीक्षणका लागि उनीहरुलाई काठमाडौं ल्याउने तयारी छ। तर, डीएनए परीक्षण नगरेसम्म प्रहरी बोल्न तयार छैन।

प्रकाशित मिति: : 2019-03-28 23:09:35

प्रतिकृया दिनुहोस्