फेसबुकका प्रमुख भन्छन्– गलत सामग्री नियन्त्रणका लागि सरकार नै सक्रिय बन्नुपर्छ

वाशिङटन । फेसबुकका प्रमुख मार्क जुकेरबर्गले इन्टरनेटमा राखिने सामग्री नियन्त्रणकालागि नियामक निकाय तथा सरकारहरुले नै सक्रियता देखाउनुपर्ने बताएको बीबीसीले जनाएको छ ।

वाशिङ्टन पोस्टमा लेख लेख्दै जुकेरबर्गले सो कुरा उल्लेख गरेका हुन् । उनले हानिकारक सामग्री, चुनावको निष्ठा, गोपनियता र डाटा पोर्टेबिलिटी (तथ्यांक एक स्थानबाट अर्को स्थानमा सार्ने वा हटाउने सफ्टवेयर सम्बन्धी) समेत चार वटा नयाँ कानुन बनाउनेतर्फ लाग्न समेत सबैलाई आव्हान गरेका छन् । 

प्रकाशित मिति: : 2019-03-31 08:45:09

प्रतिकृया दिनुहोस्