विद्यार्थी भिसामा अतिरिक्त २ सय डलर हटाउँदै अमेरिकी दूतावास

नेपालखवर

‘नेपाली विद्यार्थीलाई अमेरिकी सरकारले कसरी सुविधा दिन सक्छ भन्ने विषयमा छलफल भइरहेको छ। चाँडै हामी अध्ययन भिसामा लाग्ने अतिरिक्त शुल्क घटाउने छौं।’ अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीले तिर्दै आएको २ सय अमेरिकी डलर अतिरिक्त शुल्क मिनाहको गृहकार्य अन्तिम चरणमा पुगेको छ। अमेरिकी दूतावासले भिसा शुल्क बापत एक सय ६० र विद्यार्थीका हकमा २ सय डलर अतिरिक्त लिँदै आएको थियो।

नेपालस्थित अमेरिकी दूतावासका कन्सुलर चिफ माइक मसीले सोमबार विद्यार्थीका लागि लिँदै आएको अतिरिक्त शुल्क घटाउने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्। नेपालको अध्यागमन विभागले आयोजना गरेको औपचारिक कार्यक्रममा बोल्दै मसीले नेपाल र अमेरिका बिचको ऐतिहासिक सम्बन्ध विस्तारमा भिसा प्रक्रियाले ठूलो महत्व राख्ने बताए।

प्रकाशित मिति: : 2019-04-01 19:50:35

प्रतिकृया दिनुहोस्