नेपालकै पहिलो समलिंगी बार

तस्बिरः निशा भण्डारी

भित्र पिल्लरहरूमा त्यही रंगका झन्डा टांगिएका थिए। भित्तामा झिलिमिली बत्तीको प्रकाशमुनि बुद्ध र चराका पखेटा चम्किरहेका– शान्ति, सद्भाव र स्वतन्त्रताको भाव झल्काउँदै। ‘पिंक टिफानी रेस्टुरेन्ट एन्ड बार’ मा तपाईंहरूलाई स्वागत छ।

ठमेल, सातघुम्ती चोकमा रहेको यो बार समलिंगी महिला–पुरुष, तेस्रोलिंगी तथा अन्य लैंगिक रूपले फरक वर्गका लागि लक्षित छ। नेपालमा यस किसिमको यो पहिलो बार हो। सामाजिक तथा पारिवारिक रूपले समेत बहिस्कृत रहँदै आएका समलिंगी र तेस्रोलिंगीहरूका लागि लक्षित यो बारलाई कम समयमै धेरैले रुचाएको सञ्चालक मेघना लामा बताउँछिन्।

सन् २०१० मा ‘मिस पिंक नेपाल’ विजेता मेघना तेस्रोलिंगी हुन्। पुरुषका रूपमा जन्मेकी मेघना आफूले कहिल्यै पुरुषजस्तो व्यवहार गर्न नसकेको बताउँछिन्। ‘सुरुमा त म अल्मलिएँ,’ उनी आफ्नो अनुभव सुनाउँछिन्, ‘शारीरिक रूपले म केटा थिएँ, तर मलाई केटाको भावना कहिल्यै आएन। मलाई आफू केटा हुँ भन्ने अनुभवै कहिल्यै भएन।’

प्रकाशित मिति: : 2019-04-03 20:27:12

प्रतिकृया दिनुहोस्