पब्जी प्रतिबन्ध विरुद्ध सर्वोच्चमा रिट

तस्बिरः एजेन्सी

काठमाडौं : इन्टरनेट गेम ‘पब्जी’ माथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ। मंगलबार प्रवीण सुवेदीसहितले पब्जीमाथि प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न मागदावी गरेका छन्।

नेपाल दूरसंचार प्राधिकरणले चैत अन्तिम साता पब्जी खेलमाथि प्रतिबन्ध लागाउने निर्णय गरेको थियो। महानगरीय प्रहरी अपराध महाशाखाले काठमाडौं जिल्ला अदालतको स्वीकृति लिएर नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीमा प्रतिबन्ध लगाएपछि उक्त मुद्दा अदालत पुगेको हाे।

प्रकाशित मिति: : 2019-04-16 16:58:19

प्रतिकृया दिनुहोस्