ओमानसँग पहिलो पटक श्रम समझदारी हुँदै, श्रमिकले पैसा तिर्नु नपर्ने

तस्बिरः देशसञ्चार

काठमाडौँ– ओमनसँग पहिलो पटक श्रम समझदारी हुने भएको छ। बिहीबार र शुक्रबार काठमाडौँमा चलेको दुई देशका प्रतिनिधिको छलफलमा श्रम समझदारीको मस्यौदामा सहमती भएको छ। सहमतीमा दुवै देशका अधिकारीले हस्ताक्षर गरेका छन्।

आगामि एक महिनाभित्रमा श्रम समझदारी गर्ने तयारी रहेको ओमानमा अब नेपाली श्रमिक बिनाखर्च रोजगारीका लागि जान पाउने छन्। श्रमिक जाँदा लाग्ने सम्पुर्ण खर्च रोजगारदाताले नै ब्यहोर्ने भएका छन्। यसअघि मलेसिया र युएईसँग पनि यस्तै खालको श्रम समझदारी भएको छ। युएईसँग समझदारीमा सहमति जुटे पनि हस्ताक्षर भने हुन बाँकी छ।

प्रकाशित मिति: : 2019-05-04 01:09:33

प्रतिकृया दिनुहोस्