थाइ एयरवेजको त्यो उडान जसले एयर होस्टेसलाई महारानी बनायो

उनको जन्म सामान्य परिवारमा भयो। सरकारी विद्यालय पढिन्। कलेजमा सञ्चार कला अध्ययन गरिन्।

सन् १९७८ मा जन्मिएकी सुथिडा टिड्जेको करिअर थाइल्यान्डको सरकारी वायुसेवा कम्पनी थाइ एयरवेजबाट सुरु हुन्छ। त्यहाँ उनले आफ्नो जीवनको उन्नत समय बिताइन्। तर धेरै लामो समय होइन। त्यो समय जति छोटो रह्यो त्यति नै उनको जीवनका लागि अर्थपूर्ण पनि। अहिले उनलाई थाइल्यान्डकी महारानी बन्ने अवसर थाइ एयरवेजकै उडानले जुराइदिएको हो।

आकासमा उड्ने पेशामा थरिथरिका मान्छेसँग भेट हुन्छन्। काठमाडाैंका लागि समेत दैनिक उडान गर्ने सरकार स्वामित्वको थाइ एयरवेज राजपरिवार सदस्यको औपचारिक, अनौपचारिक यात्राको पहिलो रोजाइमा छ।

प्रकाशित मिति: : 2019-05-07 05:11:15

प्रतिकृया दिनुहोस्