एनआरएन चीनको अध्यक्षमा प्रदीप न्यौपाने चयन

तस्बिरः बिएल

प्रदीप न्यौपानको अध्यक्षतामा गैरआवासीय नेपाली संघ चीनको नयाँ कार्यसमिति चयन भएको छ। ग्वान्झाओमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनले न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षद्वयमा सुशील बेल्बासे र खुश्बु अग्रवाल, महासचिवमा यमबहादुर क्षेत्री (ओम), दुई सचिवमा तीर्थ पौड्याल र मुकेश श्रेष्ठ, कोषाध्यक्ष रन्जिता आचार्य, सहकोषाध्यक्ष बलराम तामाङ्ग (लामा), महिला संयोजक सविता बर्तौला, युवा संयोजकमा सुरज न्यौपाने निर्विरोध चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा तुलसी न्यौपाने, संदिप खनाल, यादव अर्याल, विजयकुमार श्रेष्ठ, विशाल श्रेष्ठ, मिर्जा राशिद वेग, मोहन मैनाली, नवराज तिमल्सिना र प्रदीप सिंह छन् ।
चीनको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा नवीन वि.क. निर्वाचित भएका छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई गैरआवासीय नेपाली संघका केन्द्रीय महासचिव डा. बद्री केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वेइजिङ्गस्थित नेपाली दूतावासका मिनिस्टर एवं डेपुटी चिफ अफ मिसन सुशीलकुमार लम्साल, संस्थाका अध्यक्ष सुदेशकुमार झा, महासचिव डा. केसी, ग्वान्जौस्थित महाबाणिज्य दूतावासका कार्यबाहक महाबाणिज्यदूत कुन्जन शाह, गैरआवासीय नेपाली संघ केन्द्रीय सल्लाहकार प्रितम श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: : 2019-09-09 11:39:53

प्रतिकृया दिनुहोस्