भारतीय प्रधानमन्त्री मोदीले भने- ‘छिट्टै’ नेपाल भ्रमणमा आउनेछु

तस्बिरः एजेन्सी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू चाँडै नेपाल भ्रमणमा आउने बताएका छन्।

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाईप लाईन परियोजनाको मंगलबार संयुक्त रूपमा अनलाइन उद्घाटन गरेर बोल्दै मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीले आफूलाई नेपाल भ्रमणको निम्तो दिएको भन्दै चाडै नेपाल आउने बताए। ‘यहाँले मलाई एकपटक नेपाल आउने निमन्त्रणा दिनुभएको छ, यहाँ समक्षा आउने मेरो पनि इच्छा छ । म चाँडो आउने प्रयास गर्नेछु।'

उनले नेपाल र भारतबीच पारिवारिक र सांस्कृतिक सम्वन्ध रहेको बताउँदै पछिल्ला वर्षहरुमा उच्च राजनीतिक तहमा नजिकको सम्वन्ध र नियमित सम्पर्क रहेको दाबी गरे। मोदीले पिपुल्स टु पिपुल्स सम्वन्ध नेपाल-भारत सम्वन्धको आधार रहेको समेत स्मरण गराए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षीसँग संयुुक्त रुपमा मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाईपलाईनको हाइटेक प्रविधिबाट उद्घाटन कार्यक्रममा।

सम्बोधनका क्रममा उनले पछिल्ला वर्षमा प्रधानमन्त्री केपी ओलीसँग चार पटक भेटेको भन्दै नेपालको विकासका लागि साझेदारीलाई अगाडि बढाउनुपर्ने धारणा राखे।

निर्धारित समयमा पाइपलाइन पुरा भएको भन्दै मोदीले खुशी व्यक्त गरे। नेपाल सरकारको सहयोग र हाम्रो संयुक्त प्रयासबाट अपेक्षा भन्दा छिटो बन्न सम्भव भएको बताए।

उनले यसबाट हरेक वर्ष दुई मिलियन मेट्रिक टन पेट्रोलियम पदार्थ नेपाल जाने भन्दै ठूलो खर्च बचत हुने बताए।

नेपाल र भारतका प्रधानमन्त्रीले आज संयुक्त रूपमा उदघाटन गरेको पाईपलाईनबाट  पहिलो चरणमा डिजेल ल्याउने काम सुरु गरिएको छ। त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ।

 

प्रकाशित मिति: : 2019-09-10 15:31:35

प्रतिकृया दिनुहोस्