नवदुर्गा देवगण बनाउने एक्ला चित्रकार

दसैंको नवमीमा भक्तपुर, याछेंस्थित 'नवदुर्गा बनाउने घर'मा भिड लाग्छ। नवदुर्गा देवगणका १३ ख्वापा (मुकुण्डो) लाई लश्करै राखेर प्रदर्शन गरिएको हुन्छ। यसलाई नेपाल भाषामा 'ख्वपा ब्वयकेगू' भनिन्छ। त्यो दिन कर्माचार्यहरूले मुकुण्डोमा प्राणप्रतिष्ठा गर्छन्, अनि मुकुण्डो जीवित देवदेवी हुन्छन् भन्ने विश्वास छ। नवदुर्गा नाच नाच्ने 'बनमाला'हरू मुकुण्डो लिन खपर्न लिएर आउँछन्।

दिनभरिको प्रदर्शन सक्किएपछि रातितिर खर्पनको एकातिर ६ वटा र अर्कोमा ७ वटा मुकुण्डो राखेर लैजान्छन्। मुकुण्डो देवगणलाई हस्तान्तरण गरेपछि खःमेय् जात्रा हुन्छ, जसमा राँगो बलि दिइन्छ।

प्रकाशित मिति: : 2019-10-07 08:03:58

प्रतिकृया दिनुहोस्