चिट चाेरी रोक्न भारतका विद्यार्थीलाई किन लगाईयाे टाउकोमा बाकस?

विद्यार्थीहरूले टाउकोमा कार्डबोर्डका बाकस (कार्टुन) लगाएर परीक्षा दिएको तस्बिर बाहिर आएपछि भारतको एउटा कलेजले माफी माग्नुपरेको छ।

भारतको दक्षिणपश्चिम कर्नाटक राज्यको हाभेरीस्थित भगत प्रि युनिभर्सिटी कलेजले परीक्षणका लागि उक्त उपाय लागु गरेको विद्यालय प्रशासनका प्रमुख एम. बी. सतिसले बताए। एक जना कर्मचारीले विद्यार्थीहरूको तस्बिर खिचेका थिए। कार्टुनको अगाडीको भाग काटेर प्वाँल बनाइएको छ। उनीहरूले डेस्कमा भएको परीक्षा पत्र देख्नसक्छन्। यताउता हेर्नसक्दैनन्। 

ती तस्बिरहरू कुनै कर्मचारीले फेसबुकमा पोस्ट गरेपछि भाइरल हुनपुग्यो। त्यसअघि नै सामाजिक सञ्जालमा कलेजको आलोचना भइरहेको थियो। राज्यका शिक्षामन्त्री एस. सुरेश कुमारले कलेजको अभ्यास स्वीकार्य नभएको ट्विट गरेका थिए।

“कसैलाई पनि विशेष गरि विद्यार्थीलाई पशुजस्तो व्यवहार गर्ने अधिकार छैन,” कुमारले लेखे, “यो घटनाको उपयुक्त समाधान निकालिनेछ।”

प्रकाशित मिति: : 2019-10-30 09:46:04

प्रतिकृया दिनुहोस्