जात फेरिएका ‘खम्पा’, पहिचानको खोजीमा

Photo Credit: nepalnews.com

खम्पा शब्द सुन्ने वित्तिकै ‘विद्रोही समुदाय’ भनेर बुझ्ने गर्छन् तर, सबै खम्पा विद्रोही हुन्छ भन्ने हुन्न।

कर्णालीको दैलेख, कालिकोट, सुर्खेत क्षेत्र करिव तीन हजार बढी खम्पा समुदायको बसोवास छ। एउटै समुदाय तर राज्यको कमजोरीले गर्दा विभिन्न जाति मा छरपस्ट छन्। शालीन स्वभावका यी खम्पा राज्यले खम्पा भएकै कारण अन्य जातिको पहिचान हुनेगरि नागरिकता दिएको भन्दै पहिचानको खोजीमा जुटेका छन्।

खम्पा समाज अध्यक्ष कृष्ण रोकाय भन्छन्, ‘हामी एउटै समुदाय हौं तर, राज्यले खम्पा भएकै कारण गुरुङ, लामा, विष्ट, रोकाय, थापा, महतरा, बुढा जस्ता जातिमा विभाजित गर्‍यो।’

बुद्ध धर्मवलम्वी खम्पाहरु अधिकांश तिब्वत्तियन मुलका हुन्। शेर्पा, भोटे जातिसँग दुरुस्त मिल्ने खम्पा त्यो विद्रोहसँग जोडिएपछि राज्यले नै छिन्नभिन्न बनाएको भन्दै एकताबद्ध भएर पहिचान खोज्न थालेका छन्।

प्रकाशित मिति: : 2019-11-21 08:37:29

प्रतिकृया दिनुहोस्