आफ्नै कलेजो प्रत्यारोपणपछि डाक्टरको नयाँ सेवा

२८ नोभेम्बर । डा. रुपनारायण साहले हालै कलेजो प्रत्यारोपण गरेर पुनर्जन्म पाएको तेस्रो वार्षिकोत्सव मनाएका छन् । उनलाई कलेजो दान दिएर बचाउने चाहिँ आफ्नौ दिदी उमादेवी साह हुन् ।

डा. साहले नयाँ जीवन पाएसँगै नेपाली चिकित्सा क्षेत्रमा नयाँ किसिमको सेवा दिने प्रयास थालेको पनि आगामी साता तेस्रो वर्ष पुग्दैछ । सामान्यतः ३० लाख मानिसमध्ये एक जनामा देखिने दुर्लभ लिभर सिरोसिस रोगसँग लडेर उनले नयाँ जीवन पाएका हुन् । ‘सबै मानिस एक दिन मर्नैपर्छ, मेरो अवधि मलाई थाहा छ’, डा. साह भन्छन्, ‘यो अवधिमा अधिकतम सेवा दिनु मेरो प्रयास रहने छ ।’

प्रकाशित मिति: : 2019-12-02 10:11:15

प्रतिकृया दिनुहोस्