विश्व कपको सेमिफाइनलबाट भारत बाहिरिएपछि भारत स्वशासित काश्मीरमा स्थानीयहरूले खुसी मनाएका छन्।
भारत बर्षाले प्रभावित खेलमा न्युजिल्यान्डसँग बुधबार १८ रनले पराजित भएको थियो। भारतको हारमा काश्मीरका युवाहरूले पट्का पड्काएर दीपावली गरेका थिए। कश्मीरको बाटोमा ‘पाकिस्तान जिन्दावाद’ को नारा समेत लागेको थियो।
पहिले स्वतन्त्र राष्ट्रको हैसियतमा रहेको कश्मीरलाई १९४७ पछि भारतले आफूमा गाभेको थियो।
त्यसयता कश्मीरका स्थानीयहरू स्वतन्त्र राष्ट्रको माग गर्दे आन्दोलनरत छन्। कश्मीरमा स्थानीय र सुरक्षाकर्मीबीच भएको भिड्न्तमा लाखौंले ज्यान गुमाइसकेका छन्।
भारत सरकारले कश्मीरमा हिंसा भड्काउन छिमेकी पाकिस्तानले स्थानीयहरूलाई सहयोग गर्दे आएको आरोप लगाउने गरेको छ।
कश्मीरमा छुट्टै राज्यको माग गर्दै आएका शैयद अली शाह गिलानीले आफ्नो ट्वीटर अकाउन्टबाट कश्मीर र पुलवामाका युवाहरूले दीपावली मनाइरहेको भिडियोसमेत ट्वीट गरेका थिए।