रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै क्लबलाई १३ वटा महत्वपूर्ण उपाधि दिलाएका वेल्स स्ट्राइकर गारेथ बेलको क्लबसँगको सहकार्य चाडैं टुँगिदैंछ।
जिनेदिन जिदानलाई पुनः क्लबको व्यवस्थापकमा नियुक्त गरेपछि बेलको अवस्था दयनीय बनेको हो।
बायर्न म्युनिखसँगको खेलपछि जिदानले भनिसकेका छन्, ‘बेल छिट्टै क्लबबाट बिदा हुँदैछन्। उनी जति छिटो क्लबबाट निस्किने छन्, उनको लागि राम्रो हुन्छ।’
सन् २०१३ मा डेभिड बेक्हामको स्थानमा ७ सय ५० करोड रुपैयाँमा रियलसँग जोडिएका बेलको क्लबमा रहँदा कहिले उच्च मूल्यांकन भएन।
रियलका फ्यानहरूले पनि बेक्हामको हाराहारीमा उनलाई स्विकार गरेनन्। बेक्हाम रियल फ्यानहरूको अगाडि सधै चर्चाको विषय बन्थे। उनको हरेक ‘किक’ को गफ हुन्थ्यो।
रियल म्याड्रिडको आक्रामक कल्चरमा बेलले आफूलाई कहिल्यै ढाल्न सकेनन्। उनी निजी जीवन बाच्न चाहन्थे। जुन रियलका फ्यानहरूको नेचरभन्दा भिन्न छ।
बेलले क्लबलाई बेक्हामभन्दा २ वटा ट्रफी बढी जिताएका छन्। तर, उनी थुप्रै पल्ट टिमको डिनरमा समावेश भएनन्।
बेलले च्याम्पियन्स लिगको २ वटा फाइनलमा गोल पनि गरेका थिए।
रियलमा उनको प्रदर्शन बेक्हाम मात्र होइन, जिदान भन्दा पनि राम्रो छ। तर, यतिबेला विवादास्पद ढंगले क्लब छोड्ने वातावरण उनीविरूद्ध बनिसकेको छ।
बेलले २ सय ३१ खेलमा १ सय २ गोल गरेका छन्। जिदानले २ सय २७ खेलमा ४९ र बेक्हामले १५९ मा २० गोल गरेका छन्।