अमेरिकी टेनिस खेलाडी एलिसन रिस्केले आफ्नो विवाहमा बलिउड नायिका कटरिना कैफको एउटा फिल्मको गीतमा नाचेको भिडियो अहिले निकै भाइरल भएको छ।
कैटरिनाले ‘बार बार देखो’ फिल्ममा मज्जाले नाचेकी थिइन।
उनको डान्सको नक्कल गर्दै एलिसनले आफ्नो बहिनीसँग नाचेकी थिइन। एलिसनले भारतका पूर्व टेनिस खेलाडी आनन्द अमृतराजका छोरा स्टिफनसँग विवाह गरेकी हुन्। एलिसनले डान्सको भिडियो आफ्नो सोशल मिडियाबाट शेयर गरेकी हुन्।