मोहम्मद समीलाई अमेरिकाले भिषा दिन नमानेपछि बिसिसीआईको आग्रह

Agency

भारतीय क्रिकेट टिमका तीब्र बलर मोहम्मद समीलाई अमेरिकाले भिषा दिन अस्विकार गरेको छ। श्रीमतिसँगको विवादका कारण प्रहरीमा उजुरी परेको मुद्धालाई अगाडि सार्दै अमेरिकाले भिषा दिन अस्विकार गरेको हो। तर, भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) का कार्यकारी निर्देशक राहुल जौहरीको प्रयासपछि अमेरिका भिषा दिन सहमत भएको हो।

भारत वेष्ट इन्डिजविरूद्ध क्रिकेट शृंखलाका लागि क्यारेबियाली देशको भ्रमण गर्दैछ।

भारतले टि–२० शृंखला अमेरिकामा खेल्दैछ।

समी वेष्ट इन्डिजविरूद्ध टेस्ट र एकदिवसीय टिममा समावेश छन्। वेष्ट इन्डिजमा भारतले ३ टि–२०, ३ एकदिवसीय र २ टेस्ट खेल्ने छ।

कप्तान विराट कोहली, उप कप्तान रोहित शर्मा र प्रशिक्षक रवि शास्त्रीलाई यसअघि नै अमेरिकाले मल्टिपल भिषा उपलब्ध गराइसकेको छ।

समीकी श्रीमति हसिन जहाँले मुद्धा दायर गरेकी थिइन। लामो समयदेखि यो मुद्धामा अदालतले कुनै निर्णय दिएको छैन।

प्रकाशित मिति: : 2019-07-26 23:08:42

प्रतिकृया दिनुहोस्