पाकिस्तानको देब्रे हाते प्रभावशाली बलर मोहम्मद आमिरले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्। उनले एकदिवसीय क्रिकेटमा बढी ध्यान दिन टेस्ट क्रिकेटबाट बिदा लिएका हुन्।
२७ वर्षीय बलरले आफ्नो सन्यासको विषयमा भने, ‘क्रिकेटको पुरानो स्वरुपमा देशका लागि खेल्नु गर्वको विषय हो। तर, मैले लामो फरम्याटभन्दा पनि सिमित ओभरको खेलमा आफूलाई केन्द्रित गर्न खोजेको हूँ।’
आमिरले १७ वर्षको उमेरमा श्रीलंकाविरूद्ध २००९ मा पहिलो टेस्ट खेलेका थिए। १० वर्ष लामो करिअरमा उनले ३६ टेस्ट खेले, जसमा १ सय १९ विकेट उनको नाममा छ। सन् २०१७ मा वेष्ट इन्डिजविरूद्ध ४४ रन खर्चेर ६ विकेट लिएको खेल टेस्टमा उनको उत्कृष्ट प्रदर्शन हो।