नेपालको निराशाजनक ब्याटिङ, दीपेन्द्रको भर

बिएल

सिङ्गापुरले पहिलो इनिङमा दिएको १ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निराशाजनक ब्याटिङ गरेको छ।

प्रारम्भिक ब्याट्सम्यान कप्तान पारस खड्का (१२) र उपकप्तान ज्ञानेन्द्र मल्ल (३९) छिटै आउट भएको अवस्थामा शरद भेसवाकर (७) ले पनि नेपाललाई निरास पारे।

नेपालको एक मात्र आशाको रुपमा हाल दीपेन्द्रसिंह ऐरी ब्याटिङ गरिरहेका छन्। १४ ओभरको खेल सम्पन्न हुँदा नेपालले १३ दशमलव ३ आेभरमा ८ विकेट गुमाएर १ सय १ रन बनाएको छ। ऐरीले १७ रन बनाएका छन्।

नेपालका अन्य ब्याट्सम्यानमा रोहित पौडेल ५, विनोद भण्डारी ९ र करन केसी डक आउट भए। साेमपाल कामी ११ रनमा रन आउट भए। 



 

प्रकाशित मिति: : 2019-07-28 10:06:18

प्रतिकृया दिनुहोस्