दक्षिण कोरियाली फुटबल समर्थकले युभेन्ट्सका स्टार पोर्चुगाली स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको खेल हेर्न नपाएको झोंकमा फुटबल आयोजकलाई मुद्धा हाल्ने तयारी गरेका छन्।
गत साता कोरियाली लिग क्लबसँगको मैत्रीपूर्ण खेलमा युभेन्ट्सले रोनाल्डोलाई उतारेको थिएन। १७ सयदेखि २३ हजार रुपैयाँसम्म तिरेर रोनाल्डोको खेल हेर्न पुगेका कोरियाली दर्शक त्यतिबेला निरास बनेका थिए, जब रोनाल्डो मैदानमा उत्रिएनन्।
आयोजकले ४५ मिनेट रोनाल्डोले खेल्ने प्रचार गरेपछि अढाइ घण्टाको बीचमा ६५ हजार टिकट बिक्री भएको थियो।
रोनाल्डो खेलमा अनुपस्थित भएपछि २ हजार कोरियाली समर्थकले मुद्धा दायर गर्न लागेका हुन्। रोनाल्डोविरूद्ध कोरियाली दर्शकले सोशल मिडियामा गालीगलौज गरेका छन्।