रसेल फिटनेशमा फेल, भारतविरूद्ध शृंखलाबाट बाहिर

Agency

भारतविरूद्ध तीन खेलको टि–२० शृंखला अगाडि वेष्ट इन्डिजलाई ठूलो झट्का लागेको छ।

टिमका स्टार अलराउन्डर आन्द्रे रसेल घुँडामा लागेको चोटका कारण शृंखलाबाट बाहिर भएका छन्। उनको स्थानमा जेसन मोहम्मदलाई टिममा समावेश गरिएको वेष्ट इन्डिजले जानकारी दिएको छ।

रसेललाई भारतविरूद्ध अघिल्लो दुई टि–२० खेलमा टिममा समावेश गरिएको थियो। तर, उनले फिटनेश पास गर्न सकेनन्।

रसेललाई हालै सम्पन्न विश्व कप क्रिकेटको बेला चोट लागेको थियो। चोटकै कारण उनले क्यानडामा जारी ग्लोबल टि–२० प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका थिए। विश्व कपमा पनि चोटका कारण बाहिरिएका रसेलको स्थानमा सुनिल अंबरिसलाई समावेश गरिएको थियो।

रसेलको स्थानमा टिममा समावेश गरिएका जेसन मोहम्मदले कूल ९ अन्तर्राष्ट्रिय टि–२० खेलेका छन्।

याे पनि पढ्नुहाेस।

कतारमा विश्व कप र‌गशाला बनाउने क्रममा १४ सय नेपालीले ज्यान गुमाइसकेका छन्।

 

प्रकाशित मिति: : 2019-08-03 11:11:46

प्रतिकृया दिनुहोस्