डर्टमन्डलाई जर्मन सुपरकप, बायर्न २-० ले पराजित

तस्बिरः एजेन्सी

बोरुसिया डर्टमन्डले बायर्न म्युनिखलाई हराउँदै सुपर कपको उपाधि जितेको छ।

जाडोन सान्‍चोले नायकको भूमिका निर्वाह गरेपछि शनिबार राति बोरूसिया डर्टमन्डले जर्मन फुटबलको महारथी बायर्न म्युनिखलाई २-० ले हराउँदै उपाधि जितेको हो।

डर्टमन्टको जितमा सान्‍चोले एक गोल गर्नुका साथै अर्को गोललाई अवसर सिर्जना गरेका थिए।

जर्मन कपको खेलसँगै डर्टमन्डले सिजनको पहिलो उपाधि जितेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि सान्‍चोको दिएको पास सदुपयोग गर्दै पाको अल्कासेरले खेलको ४८औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई सुरूवाती अग्रता दिलाए।

गोल पछि खुसी मनाउँदै जाडोन सान्चो।

त्यसपछि खेलको ६९ औं मिन्टमा सान्‍चोले थ्रो इनबाट आएको बललाई हेडमार्फत गोल गर्दै डर्टमन्डको जित पक्का गरे।

यो सँगै लगातार ७ वर्ष लामो बायर्न म्युनिखको दबदबा टुंगिएको छ।

प्रकाशित मिति: : 2019-08-04 07:50:41

प्रतिकृया दिनुहोस्