दक्षिण अफ्रिकाका चर्चित बलर डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्। लामो समयदेखि चोटबाट पीडित स्टेनले सोमबार टेस्टबाट सन्यास लिएको जानकारी दक्षिण अफ्रिकाली क्रिकेट संघलाई दिए।
उनले एकदिवसीय र टि–२० क्रिकेटलाई भने निरन्तर दिने छन्। स्टेनले ९३ टेस्टमा ४ सय ३९ विकेट लिएका थिए। उनले टेस्टको एउटै इनिङमा ५१ रन खर्चेर ७ विकेट लिएको खेल उत्कृष्ट हो।
दायाँ हाते तीब्र बलर स्टेनले २००४ मा इंग्ल्यान्डविरूद्ध टेस्टमा डेब्यु गरेका थिए।
उनले यसै वर्ष श्रीलंकाविरूद्ध अन्तिम टेस्ट खेलेका थिए। दुवै खेल दक्षिण अफ्रिकाको पोर्ट एलिजाबेथमा भएको थियो।
स्टेन कुमको चोटका कारण हालै सम्पन्न विश्व कपभन्दा अगाडि नै टोलीबाट बाहिरिएका थिए। उनले भने, ‘मलाई टेस्ट क्रिकेट मन पर्छ। तर, अब म खेल्न सक्दिन्। मेरो विचारमा क्रिकेटमा टेस्ट फरम्याट उत्कृष्ट हो। टेस्टबाट सन्यास लिनुपर्दा मलाई खिन्न बनाएको छ।’
३६ वर्षीय स्टेनले चोटका कारण पछिल्लो तीन बर्षमा ८ वटा टेस्ट मात्र खेल्ने अवसर पाएका थिए।
याे पनि हेर्नुहाेस।