अस्ट्रेलियासँग पहिलो एसेज शृंखलामा पराजय भोगेको घरेलु इंग्ल्यान्डलाई दोस्रो टेस्ट अगाडि ठूलो झट्का लागेको छ। लर्ड्समा १४ देखि १८ अगस्टबाट सुरु हुने दोस्रो टेस्ट पूर्व तीब्र बलर जेम्स एन्डर्सन चोटका कारण बाहिरिएका छन्।
एन्डर्सनले एडबस्टनको पहिलो टेस्टमा ४ ओभर बलिङ गर्ने क्रममा घाइते भएका थिए। उनको पिढुँलामा समस्या देखिएको छ।
इंग्ल्यान्ड पहिलो टेस्ट २ सय ५१ रनले पराजित भएको थियो। एन्डर्सनको स्थानमा जोफ्रा आर्चरलाई टेस्टमा डेब्यु दिने सम्भावना प्रबल छ। जोफ्राले एकदिवसीय र टि–२० मा डेब्यु गरिसकेका छन्। उनले गत विश्व कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
याे पनि हेर्नुहाेस।