सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद टोरन्टो बाहिरियो

टोरोन्टोको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक २ विकेट ( ४-०-३४-२ ) लिए।

क्यानडाको टोरोन्टोमा जारी ग्लोबल टी-२० को इलिमेिनेटर राउण्डमा सन्दीप लामिछानेको टोरन्टो नेसनल्सलाई २ रनले पराजित भएको छ । उसलाई विन्निपेग हक्सले पराजित गरेर दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

खराब प्रकाशका कारण खेल १७.१ ओभरमा रोकिएपछि विनिपेग हक्सले डकवर्थ लेविस पद्दतिका आधारमा जित निकालेको हो ।

विनिपेगले नेपाली अलराउन्डर सोमपाल कामीलाई पहिलो रोजाइमा राखेको थिएन ।

रोमाञ्चक खेलमा पहिले ब्याटिङ गर्दै टोरन्टोले दिएको २३९ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा १७.१ ओभरमा विन्निपेगले ५ विकेट गुमाएर २०१ रन बनायो । 

यही अवस्थामा मैदानमा प्रकासको अवस्था निकै कम हुँदा खेल रोकिन पुग्यो। मैदानमा अन्धकार भएपछि अम्पायरले खेलाडीको सुरक्षालाई ध्यान दिंदै खेल निरन्तरता दिएनन् र डीएल मेथडमा दुर्भाग्यपूर्ण तरिकाले २ रनले टोरन्टो पराजित भयो ।

लक्ष्य पछ्याउने क्रममा विन्नीपेगको सुरूवात राम्रो हुन सकेन । शैमन अनवर ५, उमर अकमल १ तथा क्रिस लिन २१ रन बनाएर आउट हुँदा ४ ओभरमा स्कोर ४९/३ पुग्यो। अकमललाई दोस्रो ओभरको पहिलो बलमै सन्दिपले स्टम्प आउट गराए।

त्यसपछि दक्षिण अफ्रिकी क्रिकेटर जेपी डुमिनिले चौथो नम्बरमा आएर उत्कृस्ट इनिङ खेले । उनले चौथो विकेटको लागि सन्नी सोहलसँग ९० रनको साझेदारी गरे । सोहललाई १३ औं ओभरमा सन्दिपले क्याच आउट गराउँदै साझेदारी तोड्दै टोरन्टोलाई खेलमा फर्काएका थिए।

लगत्तै हेम्जा तारिक ५ रन बनाएर पोलार्डको बलमा आउट भए ।

१४ औं ओभरमा १४६/५ हुँदा टोरोन्टो खेलमा हावी हुनसक्ने देखिएको थियो। तर, डुमिनीले त्यसपछि कप्तान रायद इमरितसँग साझेदारी गर्दै टिमलाई जिततिर डोर्‍याए।

१७.१ ओभरमा खराब प्रकासले खेल रोकिन पुग्यो। डीएल मेथडमा ३ रनले विन्निपेग अघि रहेको थियो। १७ औं ओभरमा रायड इमरिटले क्रिस लिनको एकै ओभरमा २ छक्का र १ चौका मदतले १८ रन बनाए। सोही ओभरको कारण विन्निपेग विजयी हुन पुग्यो।

जेपी डुमिनिले अविजित ८५ रन बनाउन ४१ बलमा ८ चौका र ५ छक्का प्रहार गरे । ईमरिटले अविजित ३२ रन बनाउन १५ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

टोरन्टोको बलिङमा सन्दिप लामिछानेले सर्वाधिक २ विकेट लिए भने जेरेमी गोर्डन, क्रिस ग्रिन र काइरन पोलार्डले १/१ विकेट लिए ।

सन्दीपले आफ्नो ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । उनले आफ्नो पहिलो बलमा नै उमर अकमललाई स्टम्पिङ आउट गराएका थिए । आफ्नो चौथो ओभरमा सन्नी सोहलको विकेट लिँदै सन्दीपले ९१ रनको साझेदारी तोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरन्टोले २० ओभरमा ५ विकेट गुमाएर २३८ रनको ठूलो योगफल तयार गरेको थियो।

उसका लागि हेनरिक क्लासेनले शतक प्रहार गरे । क्लासेनले ४९ बलमा ११ चौका र ५ छक्कासहित १ सय ६ रनमा नटआउट रहे । ओपनर रोड्रिगो थोमसले ४० बलमा ७ चौका र ५ छक्कासहित ७३ रन बनाए ।

हेनरिच क्लासेनले अविजित १०६ रन बनाउने क्रममा ४९ बलमा ११ चौका र ५ छक्का प्रहार गरे।

दोस्रो विकेटको लागि थोमस र क्लासेनले १०.२ ओभरमा १३७ रनको साझेदारी गरेका थिए।

सन्नी सोहलले २९ बलमा ३६ रन जोडे । कप्तान रियाद एम्रितले १५ बलमा नटआउट ३३ रन जोडे । उनले २ चौका र ३ छक्का प्रहार गरे । क्रिस लिनले २१ रन जोड्दा अन्यले उल्लेख्य योगदान दिन सकेनन् ।

विन्निपेगको लागि बलिंगमा मोमम्मद इरफान र कालिम सानाले २/२ विकेट लिए। विन्निपेग कप्तान रायड इमरितले ४ ओभरमा ५१ रन खर्चेर पनि विकेटविहिन रहे ।

खेलमा सोमपाल कामीले भने अन्तिम-११ मा मौका पाएनन् ।

योसँगै भोलि हुने दोस्रो क्वालिफायरमा विन्निपेगले फाइनल प्रवेशको लागि ब्राम्पटन वुल्भ्सको सामना गर्नेछ ।

यसअघि पहिलो क्वालिफायरमा कोलिन मुनरो कप्तानीको ब्राम्पटन वुल्भ्सलाई ७७ रनले (डीएल मेथड) पराजित गर्दै शोयब मलिक कप्तानीको भानकुभर नाइट्स फाइनल प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति: : 2019-08-09 06:49:15

प्रतिकृया दिनुहोस्