सोमपाल परेनन् प्लेइङ सेटमा : तैपनि टिम पुग्यो फाइनलमा

सोमपाल कामी : होलान् त बेञ्चमै बसेर च्याम्पियन ? तस्बिर : ग्लोबल टी-२०

क्यानडामा जारी ग्लोबल टी-२० को दोस्रो क्वालिफायरमा सोमपाल कामीको टिम बिनिपेग ह्वक्स विजयी भएको छ । उसले भ्यान्कुभर नाइट्ससँग आइतबारको फाइनल भिडन्त तय गर्न घरेलु टोली ब्रम्टन वुल्भ्सलाई किनारा लगाएको हो ।

घरेलु टोली ब्रम्टन वुल्भ्सले टस जितेर पहिले ब्याटिङ गर्दै २०० रन बनाएको थियो । यो रन जोड्न उसका कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय पारि खेलेनन्, सबैले औसत ब्याटिङ गरे । 

मझौला खालको लक्ष्य पाएको बिनिपेग ह्वक्सका लागि डुमिनी र शैमनले अर्धशतकीय पारि खेले । तर, यो लक्ष्य पछ्याउन उनीहरूले अन्तिम बल पनि खर्च गर्नु पर्यो । जितका लागि अन्तिम बलमा १ रन चाहिएको थियो ।

आजको म्याचमा बिनिपेग ह्वक्स विजयी भएर फाइनमा पुगे पनि यस टिमबाट डेब्यु गरेका नेपाली क्रिकेटर सोमपाल कामी भने प्लेइङ ११ मा परेनन् । उनले प्रतियोगिता अवधिभर एक म्याचमा मौका पाए । त्यस म्याचमा बलिङ र ब्याटिङ दुबैमा निराश पारेपछि उनी प्लेइङ सेटमा नै परेका छैनन् ।

आइतबार डिफेन्डिङ च्याम्पियन भ्यान्कुभर नाइट्ससँग हुने फाइनल प्रतियोगितामा पनि उनले मौका पाउने सम्भावना कमै छ । तैपनि उनको टिम पछिल्ला म्याचमा राम्रो खेलिरहेकाले विजयी हुन सक्छ । त्यस्तो भएमा सोमपाल बेञ्चमै बसेर च्याम्पियन हुन सक्छन् । 

 

 

 

प्रकाशित मिति: : 2019-08-11 04:02:48

प्रतिकृया दिनुहोस्