भारतीय कप्तान विराट कोहलीले एकदिवसीयमा ४२ सतक पुरा गरेका छन्।
आइतबार त्रिनिदादको पोर्ट अफ स्पेनमा भएको पहिलो एकदिवसीय खेलमा विराटले १ सय २० रन बनाउने क्रममा ४२ औं सतक पुरा गरे।
उनले १ सय २५ बलमा १ छक्का र १४ चौकाको सहयोगले सतक पुरा गरेका थिए। उनी वेष्ट इन्डिजविरूद्ध सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बन्न पुगेका छन्।
यसअघि यो कीर्तिमान पाकिस्तानी पूर्व ब्याट्सम्यान जावेद मियादादको नाममा थियो। मियादादले ६४ इनिङमा १ हजार ९ सय ३० रन बनाएका थिए।
विराटले १९ रन बनाउने क्रममा मियादादको कीर्तिमानलाई उछिने। विराटले ३६ इनिङमा यो उपलब्धी हात पारेका हुन्।
भारतले पहिलो इनिङमा वेष्ट इन्डिजलाई २ सय ८० रनको चुनौति दिएको थियो। पहिलो ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा २ सय ७९ रन बनायो।