नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई भिसा अस्वीकृत गरेको तीन घन्टामै अमेरिकी दूतावसले फेरि बोलाएर भिसा दिएको छ ।
मंगलबार बिहान भिसाका लागि काठमाडाैस्थित अमेरिकी दूतावास पुगेका सन्दीपलाई भिसा दिन अस्वीकार गरिएको थियो । लगत्तै उनले चाहिने सबै कागजपत्र हुँदाहुँदै पनि भिसा नदिएकोमा अचम्म लागेको भन्दै ट्वीट गरेका थिए । यो ट्वीट सामाजिक सञ्जालमा भाइरल भयो । त्यसको केही समयमै दूतावासका अधिकारीले उनलाई भिसा प्रक्रियाका लागि बोलाएका थिए ।
देश सम्पन्न भएन भने यस्ता घटना दोहरी रहन्छ। सन्दीपजस्तै कयौँ प्रतिष्ठित नेपालीको भिसा अस्विकृत भएको छ। यो उनीहरूको मात्र होइन, देशकै अपमान हो। गरिव देशका नागरिकले बारम्बार यस्तो अपमान ब्योहर्नु पर्छ। भ्रष्टाचार घटाउँ, देश बनाउँ, सबै ठिक हुन्छ।
- रविन्द्र मिश्र /सन्दीप लामिछाने भिसा प्रकरण
दोस्रोपटक जाँदा भने उनले सामान्य प्रक्रियापछि नै भिसा पाएका छन् ।
सन्दीप वेस्ट इन्डिजमा आउँदो भदौ १८ देखि असोज २५ गतेसम्म हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको यस पालिकाे संस्करणमा सहभागी हुन अमेरिका हुँदै जान लागेका थिए। यसैका लागि उनले अमेरिकाकाे लागि आवेदन दिएका थिए । सीपीएलका केही खेलहरु अमेरिकामा पनि हुँदैछ।
सन्दीपले यो सिजन बाबर्डाेस ट्राइडेन्टबाट सीपीएल खेल्दैछन् ।