अमित वीर पाण्डेको नेतृत्वमा काठमाडौं जिल्ला क्रिकेट संघ सर्वसम्मत

अमित वीर पाण्डेको नेतृत्वमा काठमाडौं जिल्ला क्रिकेट संघ

अमित वीर पाण्डेको नेतृत्वमा काठमाडौं जिल्ला क्रिकेट संघको चयन भएका छन्। मंगलबार काठमाडौंमा भएको साधारणसभाबाट पाण्डे नेतृत्वको १४ सदस्यीय कार्यसमिति सर्वसम्मतले निर्वाचित भएका हुन्।

काठमाडौंका अध्यक्ष दिवाकर घलेले आफ्नो सदस्यता विनाकारण खारेज भएको भन्दै अदालतमा मुद्दा दायर गरेका कारण काठमाडौंको निर्वाचन ढिलाई भएको थियो। अदालतले अन्तरिम आदेश नदिएपछि निर्वाचन भएको हो।

संघको उपाध्यक्षमा विजय कुमार शर्मा, सचिवमा बसन्त राज सत्याल तथा कोषाध्यक्षमा यूव वस्नेत छन्।

यस्तै सदस्यहरुमा हिमाल राज गिरि, मनिष ढुंगेल, अजय वीर पाण्ड, रमन श्रेष्ठ, शामसन जंग थापा, प्रफुल्ल बैद्य, रितेश डंगोल, महेश्वरी डंगोल, धिरेन्द्र श्रेष्ठ र विनित ध्वज चन्द छन्।

यो संगै नेपाल क्रिकेट संघको सबै ३९ जिल्लाको निर्वाचन सकिएको छ।

जिल्ला पछि अब क्रिकेट संघको प्रादेशिक चुनाव हुनेछ। यसअघिनै ३ वटा प्रदेशको निर्वाचन सकिइसकेको छ। सुदूरपश्चिम प्रदेशमा हरि रेग्मी, गण्डकी प्रदेशमा देवेन्द्र प्रजु र प्रदेश १ मा मिङ्ग्मा डण्डु शेर्पा निर्वाचित भइसकेका छन्।

अब प्रदेश-२, ३ र ५ को निर्वाचन पनि अगस्ट महिना भित्र सम्पन्न हुनेछ। कर्णाली प्रदेशमा मात्र १ जिल्ला हुनाले प्रदेश-५ मा गाभेर निर्वाचन गरिने भएको छ।

यो सँगै अक्टोबर दोस्रो बस्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषदको बैठकले नेपाल क्रिकेट संघको प्रतिबन्ध हटाउने सम्भावना बढेको छ।

अब प्रदेशको र केन्द्रीय निर्वाचन सकेपछि निलम्वन फुकुवा हुनेछ।

प्रकाशित मिति: : 2019-08-14 07:51:09

प्रतिकृया दिनुहोस्