मेस्सी बिनाको बार्सिलोनालाई पहिलो गाँसमै झिंगा

अदुरिजको सुन्दर गोल जस्ले बार्सालाई स्तब्ध र फुटबलका प्रशंसकलाई रोमाञ्च दियो । तस्बिर : एजेन्सी

स्पेनिस घरेलु फुटबल लालिगाको यो सिजन अचम्मलाग्दो किसिमले सुरू भएको छ । 

पहिलो म्याचमै डिफेन्डिङ बार्सिलोनालाई एथ्लेटिक बिलबाओले १-० ले हराएर सनसनी मच्चाइ दियो । कप्तान मेस्सी बिनै मैदानमा उत्रेको बार्साका एक से एक महारथिहरूले विपक्षी टिमको गलोपोष्ट नै देखेनन् । सुरेज र डेम्बेललेले त देखेनन् , नयाँ आउका ग्रिजम्यानले पनि गोलपोष्ट ठम्याउन सकेनन् । 

बार्साका महारथिले मात्र हैन, बिलबाओका रथिहरूले पनि ८८ मिनेटसम्म गोलरहित बराबरी खेले । 

साविक विजेता बार्सिलोना ला लिगाको उद्घाटन खेलमा एथ्लेटिक बिल्बाओसँग ०-१ गोलले पराजित भयो l ८८औ मिनेटमा मैदान पसेका बिलबाओका अतिरिक्त खेलाडी अदुरिजले मैदान छिरेको अर्को मिनेटमै बाइसाइकल किकमार्फत् गोल गरेर बार्सालाई स्तब्ध पारिदिए । ३८ वर्षीय भेट्रन खेलाडी अदुरिजको त्यो गोल एक अविष्मरणीय गोल थियो ।  

निर्धारित समय सकिन एक मिनेट बाँकि रहेको बेला स्तब्ध भएको बार्साका लागि गोल फर्काउने समयले नै बाँकि भएन । 

बार्सा हारे पनि ला लिगाको यो पहिलो गोल दर्शनीय रह्यो l

 

 

 

प्रकाशित मिति: : 2019-08-17 05:19:51

प्रतिकृया दिनुहोस्