घरेलु मैदानमा चेल्सी बराबरीमा रोकियो

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिको प्रमुख दाबेदार चेल्सी बराबरीमा रोकिएको छ ।

स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा चेल्सी लेष्टर सिटीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

घरेलु मैदानमा पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा चेल्सी अंक बाढ्न बाध्य भयो।

प्रिमियर लिगको आफ्नो पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० लज्जास्पदक हार बेहोरेको चेल्सीले आइतबार बराबरीमा चित्त बुझाउनुपरेको छ ।

खेलको सातौं मिनेटमा मसुन माउन्टको गोलबाट चेल्सीले सुरूवाती अग्रता लिएको थियो। तर, दोस्रो हाफमा लिचेस्टरले गोल फर्काएर खेल बराबरीमा ल्याएको थियो। उसका लागस विल्फ्रेड एडीडीले ६७ औं मिनेटमा बराबरी गोल गरेका थिए ।

यो बराबरीसँगै मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले घरेलु मैदानमा डेब्यू गरेका छन् । लिगको दुई खेल सकिँदा प्रशिक्षक लाम्पार्ड अझै जितविहीन बनेका छन् ।

खराब सुरुवातका कारण प्रशिक्षकका रुपमा रहेका टोलीका पूर्व स्टारसमेत रहेका लाम्पार्डमाथि दबाब बढ्ने सम्भावना छ।

प्रकाशित मिति: : 2019-08-19 08:25:08

प्रतिकृया दिनुहोस्