साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा हार बेहोरेको छ। आइतबार राति भएको खेलमा पीएसजीले रेनिससँग २–१ को अप्रत्यासित हार बेहोरेको हो ।
पीएसजीले शुरुवाती अग्रता जोगाउन नसक्दा लिग वानको दोस्रो चरणमा हार ब्यहोरेको हो । पीएसजीलाई स्तब्ध बनाउन एम बाय नियाङ र रोमेन डेल क्यास्टिलोले गोल गरे । पीएसजीका एडिन्सन काभानीले गोल गरेका थिए।
पीएसजीले ३६ औं मिनेटमा ईडिन्सन काभानीको गोलबाट सुरूवाती अग्रता लिएको थियो । रेनसका कप्तान दामिन डी सिल्भाको ब्याक पास मिस हुँदा काभानीले गोल गर्न सफल भएका थिए ।
४४ औ मिनेटमा मबय नियांगले गोल गर्दै घरेलु टोली रेनसलाई बराबरीमा ल्याएका थिए । ४८ औ मिनेटमा रोमेन डेल क्यासटिलोले रेनसका लागि विजयी गोल गरेका थिए।
दोस्रो हाफको शुरुमै रोमेन डेल क्यास्टिलोले गोल गरेपछि रेनिस खेलमा २–१ ले अघि बढेको थियो। त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजीले अप्रत्यासित हार बेहोर्न पुग्यो ।
अग्रपङ्तिमा केलियन एमबाप्पे, एन्जल डि मारिया र काभानी रहेपनि पीएसजीले जित निकाल्न सकेन। पटक पटकका अवसर काभानी र एम्बाप्पेले गुमाउँदा पीएसजीले बराबरीको मौका गुमाएको थियो । पीएसजीले रेनिसविरुद्ध पनि आफ्ना स्टार फरवार्ड नेयमारलाई टोलीमा समेटको थिएन।
नेयमार पीएसजी छाड्दै बार्सिलोना वा रियाल म्याड्रिड आउने हल्ला छ । तर, उनी शुक्रबारदेखि पीएसजीको प्रशिक्षणमा सामेल भएका थिए।