पाकिस्तानी क्रिकेटर हसन अलीले मंगलबार भारतीय केटीसँग विवाह गरेका छन्। दुबईमा उनले भारतमा एरोनोटिकल इन्जिनियरिङ गरेकी सामिया आरजुसँग विवाह गरे। विवाह ‘एटलान्टिस, द पाम’ होटलमा निजी समारोहका बीच भएको थियो।
विवाहमा ३० जना पारिवारिक सदस्य र साथीहरू समावेश थिए। जसमा शादाव खानको पनि उपस्थिति थियो। २५ वर्षीय हसनभन्दा सामिया एक वर्ष जेठी छिन्। उनी इमिरेट्स एयरलाइन्समा काम गर्छिन् भने उनको परिवार नयाँ दिल्लीमा बस्दै आइरहेका छन्। खासमा सामियाको घर हरियाणा हो।
याे पनि पढ्नुहाेस।
हसन भारतीय केटी विवाह गर्ने पाकिस्तानका चौथो क्रिकेटर हुन्। यसअघि जाहिर अब्बास, मोहसिन खान र सोहेब मलिकले पनि भारतीय केटी विवाह गरेका थिए। अलीले पाकिस्तानबाट ९ टेस्ट र ५३ एकदिवसीय खेलेका छन्। उनी २०१७ मा च्याम्पियन्स ट्रफी जित्ने पाकिस्तानी विजेता टोलीका सदस्य हुन्।
याे पनि हेर्नुहाेस।