हसनकी श्रीमतिले भनिन्, ‘मैले यसअघि क्रिकेट हेरेको थिइन्।’

Agency

पाकिस्तानका तीब्र बलर हसन अलीकी श्रीमति सामिया आरजुले अहिलेसम्म आफूले क्रिकेट राम्रोसँग नहेरेको बताएकी छिन्। 

भारतीय महिलासँग हसनको २० अगस्टमा दुबईमा विवाह भएको थियो। सामिया एरोनोटिक इन्जिनियर हुन् भने उनी इमिरेट्समा काम गर्छिन्।

सामियाले विवाहपछि पाकिस्तानी मिडियालाई छोटो अन्तर्वार्ता दिने क्रममा आफू क्रिकेट समर्थक नभएको बताएकी छिन्।

याे पनि हेर्नुहाेस।

सुरू भयो, सुदूरपश्चिमको सबैभन्दा ठूलो चाड ‘गौंरा पर्व’ (भिडियो स्टोरीसहित)

उनले भनिन्, ‘पहिले क्रिकेट हेर्दिन्थे। अब मौका जुर्यो भने पक्कै हेर्छु।’

सामिया मुलत भारत हरियाणा राज्यकी हुन्। उनको परिवार राजधानी दिल्लीमा बसोबास गर्छ।

उनले हसनसँग भेट भएपछि आफूले केही भएपनि क्रिकेटलाई पछ्याउँन थालेको बताइन्। उनले भनिन्, ‘म हसनलाई क्रिकेट खेल्दै गरेको हेर्न चाहन्छु।’

प्रकाशित मिति: : 2019-08-25 16:19:50

प्रतिकृया दिनुहोस्